
Aug 27 2025 | २०८२, भदौ ११ गते
काठमाडौं । निजामती सेवा दिवस २०८२ का अवसरमा राष्ट्रसेवक निजामती कर्मचारीहरुका बीचमा खुला कविता प्रतियोगिता हुने भएको छ ।
यस वर्षको निजामती सेवा दिवसका नारा ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने रहेको छ । सोही नारासँग सम्बन्धित रही कविता रचना गर्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
निजामती सेवा दिवस, अतिरिक्त क्रियाकलाप उपसमितिद्वारा आज यहाँ जारी सूचनाका अनुसार प्रतियोगितामा भाग लिन चाहनेले यही भदौ १३ गतेभित्र कविता पठाउन भनिएको छ ।
उत्कृष्ट तीन र सान्त्वना दुई कवितालाई पुरस्कार र प्रमाणपत्र गरिने सूचनामा उल्लेख गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij