
Aug 27 2025 | २०८२, भदौ ११ गते
काठमाडौँ । काठमाडौं महानगरपालिका-१५ अन्नपुर्ण चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१८ बस्ने ४५ वर्षीय राजु नापित समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २१ हजार १४५ रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij