Logo

Aug 27 2025 | २०८२, भदौ ११ गते

Aug 27 2025 | २०८२, भदौ ११ गते

काठमाडौं महानगरविरूद्ध कवाडी व्यवसायी आज पनि आन्दोलित

काठमाडौं महानगरविरूद्ध कवाडी व्यवसायी आज पनि आन्दोलित

  • काठमाडौं । कवाडी व्यवसायीहरुले काठमाडौं महानगरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका छन् । कवाडी व्यवसायी संघर्ष समिति नेपालको आह्वानमा कवाडी व्यवसायीहरुले बुधबार पनि विरोध जनाएका हुन् । 

    images
    images
    images

    भृकुटीमण्डपमा भेला भएका व्यवसायीहरु जुलुससहित कमलादीस्थित काठमाडौं महानगरपालिका कार्यालय घेराउमा गएका हुन् । 

    images

    उनीहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कवाडी व्यवसायीमाथि गुण्डागर्दी गरेको आरोप लगाउँदै  मेयर साह विरुद्धको प्रदर्शन लेखिएको ब्यानर बोकेर भृकुटीमण्डप देखि कमलादीसम्म र्‍याली गरेका छन् ।

    महानगरले दुई वर्षदेखि कवाडी व्यवसायी र सङ्कलक मजदुरमाथि अन्यायपूर्ण व्यवहार गरिरहेको उनीहरुको आरोप छ । उनीहरूले महानगरद्वारा गरिएको कुटपिट, सामान जफत र संरचना भत्काउने कार्य तत्काल बन्द गर्न माग गरेका छन् । मजदुरहरूले ‘कवाडी व्यवसायीको श्रमको सम्मान गर’, ‘अन्यायपूर्ण कार्य तुरुन्त बन्द गर’, ‘अदालतको निर्णयलाई सम्मान गर’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर विरोध गरेका थिए । व्यवसायीहरुले सोमबार पनि महानगरको कार्यालय घेराउ गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij