
Aug 26 2025 | २०८२, भदौ १० गते
काठमाडौँ । कवाड व्यवसायीहरूले मंगलबार पनि काठमाडौं महानगरपालिका कार्यालय घेराउ गरेका छन् ।
काठमाडौं महानगरका प्रहरीले पछिल्लो दुई वर्षभित्र कवाड व्यवसायी माथि पुर्याएको क्षतिको क्षतिपूर्ति तत्काल दिनुपर्ने माग सहित आन्दोलन गरिरहेका छन् ।
संवैधानिक हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौं महानगरपालिकाले गरेको कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न महानगर प्रहरीलाई कारबाही हुनुपर्ने लगायत माग उनीहरुको छ।
उनीहरुले कवाड व्यवसायीलाई राज्यले सुरक्षा दिनसक्नुपर्ने माग गरेका छन् । उनीहरूले हिजो सोमबार पनि कमलादीस्थीत काठमाडौं महानगरको कार्यालय बाहिर नाराबाजीसहित धर्ना दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij