
Aug 24 2025 | २०८२, भदौ ८ गते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।
शनिबार विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलबाट फर्केपछि प्रधानमन्त्री ओलीसँग भेट गरेका थिए । जसपश्चात् उनले सामाजिक सञ्जालमार्फत सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका हुन् ।
उनले भनेका छन्- 'विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरुसँग भेट भयो । विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसदका अध्यक्षसँग भेटेर फर्कनु भएको थियो ।
बिपिनको रिहाइका पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij