Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

मौसम

मौसम पूर्वानुमान : यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान : यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

  • काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ ।

    onlinepatrika
    Arghakhachi

    दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी तराई भू–भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    AGNI GROUP

    त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशको तराई र पहाडी भू–भागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ ।

    शुक्रबार राति  देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

    राति देशका पहाडी भू–भागका केही स्थानहरूमा र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    त्यस्तै गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij