Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

ग्रिनल्यान्ड बास्केटबल आजदेखि

ग्रिनल्यान्ड बास्केटबल आजदेखि

  • काठमाडौं । ग्रिनल्यान्ड आवासीय माविको आयोजनामा १९ औं ग्रिनल्यान्ड अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आजदेखि सुरु हुँदै छ ।

    onlinepatrika
    Arghakhachi

    प्रतियोगितामा ३ विधामा ५६ टिमको सहभागिता रहने छ । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ टिमले भाग लिने छन् । लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा जम्मा १ सय १ खेल हुनेछ ।

    AGNI GROUP

    प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने ग्रिनल्यान्डका सह–प्राचार्य विनोद घिमिरेले जानकारी दिए । विद्यालय प्रतियोगिताको पुरानो मध्येको एक ग्रिनल्यान्ड बास्केटबल २०६० सालदेखि सुरु भएको थियो । २०६२/६३ को जनआन्दोलन, २०७२ सालको महाभूकम्प र २०७५/७६ को कोभिड महामारीका समय प्रतियोगिता हुन सकेको थिएन ।

    गत संस्करणको सिनियर ब्वाइज/गल्र्सको उपाधि भ्याली पब्लिकले जितेको थियो । जुनियर ब्वाइजमा गोल्डेनपिक च्याम्पियन बनेको थियो । दसदिने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजककै कोर्टमा खेलाइने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij