
Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडौँ । साउदी सुपर लिगको फाइनलमा अल नासर र अल अहली साउदी भिड्ने भएका छन् ।
बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा अल अहलीले अल क्वादीसिययाहलाई ५-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ । अल अहलीको जितमा फ्र्यांक केस्सिएले २ गोल गरेका थिए भने इभान टोनी र इन्जो मिलोटले एक एक गोल गरेका थिए ।
त्यस्तै एक गोल आत्मघाती गोल भएको थियो । त्यस्तै अल क्वादिसियनक लागि एक गोल गासटन अल्भारेजले गरेका थिए । यस खेलमा क्रिस्टोफर बोन्सु बाहले खेलको ४२औं मिनेटमा रातो कार्ड पाएपछि अल क्वादीसियाह १० खेलाडीमा सिमित भएको थियो ।
यसअघि मंगलबार भएको पहिलो सेमिफाइनलमा अल नासरले अल इत्तिहादलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । अब फाइनल खेल शनिबार अल नासर र अल अहली साउदीबीच हुने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij