
Aug 20 2025 | २०८२, भदौ ४ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाण मानसिक स्वास्थ्य केन्द्र एकान्तकुनामा उपचाररत खुमबहादुर बिकलाई आर्थिक सहयोग गरेका छन् ।
म्याग्दी-काठमाडौं सम्पर्क मञ्चको संयोजनमा निर्वाण मानसिक स्वास्थ्य केन्द्रमै पुगेर उनलाई २ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
जनमुक्ति सेनामा समेत सक्रिय रहेका खुमबहादुरले करिब चार वर्षको उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किने तयारीमा छन् ।
सो अवसरमा अध्यक्ष प्रचण्डले विभिन्न कारणले मानसिक रोगको समस्या भोगिरहेका नागरिकलाई उपचार प्रदान गर्दै आएको निर्वाण मानसिक स्वास्थ्य केन्द्रलाई धन्यवाद दिँदै यस संस्थालाई सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij