Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

दुई कानुन व्यवसायीको प्रमाणपत्र निलम्बनमा

दुई कानुन व्यवसायीको प्रमाणपत्र निलम्बनमा

  • काठमाडौं । नेपाल कानुन व्यवसायी परिषद्ले दुई जना कानुन व्यवसायीको प्रमाणपत्र निलम्बन गर्ने निर्णय गरेको छ । प्रमाणपत्र नम्बर ४६८ का वरिष्ठ अधिवक्ता सुमनचन्द्र कार्कीलाई ६ महिना कानुन व्यवसाय गर्न नपाउने गरी निलम्बन गरेको हो ।

    images
    images
    images

    वरिष्ठ अधिवक्ता कार्की कोशी प्रदेशमा रही कानुन व्यवसाय गर्दै आएका थिए । परिषद् सचिव श्रीराम खनालका अनुसार गत ३१ असारमा यस्तो सजायको निर्णय भएको हो । साउन अन्तिममा यसको जानकारी सर्वोच्च अदालतसमेतका मातहतका अदालतलाई दिइएको छ । 

    images

    गत असार १३ गते अधिवक्ता रामबहादुर शाहलाई नसिहत सजाय गर्ने निर्णय भएको थियो । त्यस्तै २०८० मा मात्रै १४ जना कानुन व्यवसायीलाई सचेत गराइएको थियो । परिषद्ले २०८१ मा ४ जनालाई नसिहत सजाय दिइएको थियो । 

    आचारसंहिता विपरीतका कार्य गरेमा परिषद्ले कानुन व्यवसायीमाथि कारबाही गर्न सक्छ । काउन्सिलको अनुशासन समितिमा महान्यायाधिवक्ता रमेश बडाल अध्यक्ष छन् भने सदस्यमा उपेन्द्रकेशरी न्यौपाने र चण्डेश्वर श्रेष्ठ छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij