
Aug 19 2025 | २०८२, भदौ ३ गते
काठमाडौँ । अस्ट्रेलियमा जारी टप इन्ड टी-२० सिरिज अन्तर्गत आज नेपालले आफ्नो चौथो खेलमा अस्ट्रेलियाको बिग बास लिग टिम होबर्ट हुरिक्यान्ससँग खेल्दै छ ।
यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै होबार्ट हुरीक्यान्सले पहिला बलिङ गर्ने भएको छ ।नेपालले सिरिजमा यस अघि लगातार तीन खेलमा हार बेहोरेको छ ।
नेपालले पहिलो खेलमा एनटी स्ट्राइकसँग, दोस्रो खेलमा बंगलादेश ए सँग र तेस्रो खेलमा मेलवर्न स्टार्ससँग हार बेहोरेको थियो ।
त्यस्तै होबर्ट हुरिक्यान्सले अहिलेसम्म खेलेका ३ खेलमा एक जित र २ हार बेहोरेको छ । यस खेलमा रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, आरिफ सेख, भीम सार्की, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल र लोकेस बम खेलिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij