
Aug 18 2025 | २०८२, भदौ २ गते
काठमाडौं । बैतडीको पुर्चौंडी नगरपालिका–१० स्थित विजयपुर स्वास्थ्य चौकीमा कार्यरत २४ वर्षीया अनमी भागरथी कुँवर आफ्नै डेरामा मृत फेला परेकी छन् ।
विजयपुरमै घर भएकी कुँवर स्वास्थ्य चौकी घरबाट टाढा भएकाले डेरामा बस्दै आएकी थिइन् । आइतबार राति करिब ८ बजेतिर उनी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतक कुँवरको गत वैशाखमा विवाह भएको थियो ।
विजयपुर स्वास्थ्य चौकीका प्रमुख रामबहादुर महराका अनुसार भागरथी जिम्मेवार र सक्रिय स्वास्थ्यकर्मी थिइन् । उनको अकस्मात निधनले स्वास्थ्य चौकी परिवार स्तब्ध भएको उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij