
Aug 18 2025 | २०८२, भदौ २ गते
काठमाडौँ । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दाङको तुलसीपुर उप-महानगरपालिका-४ रक्षाचौर बस्ने २० वर्षीय बालकृष्ण गिरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
गिरीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij