Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । काठमाडौं मोडल कलेजमा नेपाली उद्योगमा व्यवसायिक नैतिकता र कर्पोरेट सुशासनसम्बन्धी समूह छलफल सम्पन्न भएको छ ।
कार्यक्रममा बीबीए र बीबीएमका विद्यार्थीहरुले विभिन्न प्रस्तुति दिनुका साथै समूह छलफलमा उद्योग मन्त्रालयका उपसचिव भिम प्रसाद भट्टराई, त्रिभुवन विश्वविद्यालयका डा। बल राम चापागाईं तथा कंचनजंघा टि स्टेटबाट शान्ता बाँस्कोटा कोइरालासँग दिलिप बिष्टले विभिन्न प्रश्नहरु राखेका थिए ।
छलफलमा साना तथा मझौला उद्योगको वर्तमान नीतिबारे उपसचिव भट्टराईले जानकारी गराएका थिए । आगामी दिनमा औद्योगिक सहजीकरण नीति, डिजीटल फर्म दर्ता प्रणाली, स्टार्ट अप प्लेटफर्म तथा लगानी संयन्त्रजस्ता नयाँ प्रणाली ल्याएर औद्योगिक क्षेत्रमा जानलाई सहज बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, डा.चापागाईंले नेपालमा व्यवसायमा नाफामुलक र सामाजिक उत्तरदायित्व आपसमा फरक नभएको अवस्थाको चित्रण गरे । योजनावद्ध तवरले सामाजिक उत्तरदायित्वको प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै, कोइरालाले दीगो, अर्गानिक टी फार्मिङ र विदेश निर्यातका आफ्ना अनुभव सुनाइन् । यद्यापि साना तथा मझौला उद्योग व्यवसायलाई सरकारको औपचारिक सहयोगको कमीले निराशा निम्त्याएको पनि उल्लेख गरिन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij