Logo

Aug 17 2025 | २०८२, भदौ १ गते

Aug 17 2025 | २०८२, भदौ १ गते

नेपाल भ्रमण

भारतका विदेश सचिव मिश्री आज नेपाल आउँदै

भारतका विदेश सचिव मिश्री आज नेपाल आउँदै

  • काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री आज नेपाल भ्रमणमा आउँदैछन् ।

    images
    images
    images

    परराष्ट्र मन्त्रालयले विदेश सचिव मिश्री आज नेपाल आउने जानकारी दिएको हो । दुई दिने नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा लगायतलाई भेट्ने कार्यक्रम तय भएको छ ।

    images

    भ्रमणका क्रममा नेपाल र भारतका परराष्ट्र सचिवबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल हुने जनाइएको छ ।

    प्रधानमन्त्री ओलीको आसन्न भारत भ्रमणको तयारी बारे छलफल गर्न विदेश सचिव मिश्री नेपाल आउन लागेको बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भदौ ३१ मा भारत भ्रमणमा जाने तयारी गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij