
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत इन्टर्न चिकित्सक र प्रतिष्ठानका पदाधिकारीबीच ११ बुँदे सहमति भएको छ। प्रतिष्ठानका पदाधिकारीसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै त्यहाँका इन्टर्न चिकित्सकहरु केही दिनयता आन्दोलनमा उत्रिएका थिए।
वार्ताबाट इन्टर्न चिकित्सकहरुको जीवन निर्वाह भत्ता आजदेखि लागू हुनेगरी प्रतिमहिना १८ हजार ५०० कायम गर्ने, इन्टर्न चिकित्सकहरुलाई पोस्टिङ सकिएपश्चात् प्रतिनाइट ड्युटीको न्यूनतम रेसिडेन्ट स्टाफहरुले पाए बमोजिम नै खाजा भत्ता प्रदान गर्ने, कोरोना महामारी नियन्त्रणमा अग्रपंक्तिमा खटिएका इन्टर्न चिकित्सकलाई न्यूनतम सुरक्षाका सामग्रीहरु प्रदान गर्ने, पोजेटिभ देखिएका इन्टर्न चिकित्सकहरुको पिसिआर परीक्षण निःशुल्क गर्ने, शैक्षिक कार्यक्रम सुचारु गर्ने लगायत बुँदामा सहमति भएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij