
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले आइतबार काठमाडौंको माइतीघर मण्डलामा स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी कायम गर्न माग गर्दै प्रदर्शन गरेको छ । उनीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
प्रदर्शनकारीहरूले विभिन्न प्लेकार्ड र नारासहित आफ्ना मागहरू अघि सारेका थिए। उनीहरूले करारमा कार्यरत अस्पताल व्यवस्थापन अधिकृतहरूलाई स्थायी पद कायम गर्न, त्रुटिपूर्ण ओ.एण्ड एम सर्भे संशोधन गर्न, स्वास्थ्य सेवा व्यवस्थापनलाई अस्पतालको सेवामा चुस्त बनाउन, र लोक सेवा आयोगमार्फत स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी सिर्जना गर्न माग गरेका छन् ।
स्वास्थ्य सेवा प्रणालीलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन स्थायी तथा दक्ष जनशक्तिको आवश्यकतामा उनीहरूले जोड दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij