Logo

Aug 14 2025 | २०८२, साउन २९ गते

Aug 14 2025 | २०८२, साउन २९ गते

झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

झुम्का कारागारबाट बलात्कार मुद्दाका कैदी फरार

  • काठमाडौं । सुनसरीको झुम्का कारागारबाट जबरजस्ती करणी मुद्दाका कैदी फरार भएका छन् ।

    images
    images
    images

    खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ घर भएका २८ वर्षीय रुपक पौडेल खत्री मंगलबार राति भागेका हुन् । जेलर सुवासकुमार लामिछानेका अनुसार खत्रीलाई कारागारको ‘बी’ ब्लकमा राखिएको थियो ।

    images

    कारागारको पर्खाल नाघेर उनी फरार भएको जानकारी चौकीदारले कारागार प्रशासनलाई गराएका थिए । सामूहिक बलात्कारको घटनामा संलग्न खत्रीलाई अदालतले पुर्पक्षका लागि २०८१ साउन २१ गते कारागार चलान गर्न आदेश दिएको थियो ।

    घटनापछि सुरक्षाकर्मीहरूले उनको खोजी तीव्र पारेका छन् । साथै, कारागारभित्र थप सुरक्षा सतर्कता अपनाइएको छ ।

    प्रहरी र कारागार प्रशासनले घटनाको छानबिन सुरु गरेको जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij