
Aug 14 2025 | २०८२, साउन २९ गते
काठमाडौं । बाढी र पहिरोले सहिद राजमार्ग र दैलेख–कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।
रोल्पाको परिवर्तन गाउँपालिका–१ लिक्याङस्थित घोराही थवाङ सहिद मार्गमा माथिबाट पहिरो आएर सडक अवरुद्ध भएको हो । बिहान ७ बजे गएको पहिरोले सवारी आवागमन ठप्प भएको छ ।
दैलेख–कर्णाली राजमार्ग पनि पूर्णरूपमा अवरुद्ध भएको छ । बिहान ७ स् २० बजे दैलेख आठबिस नगरपालिका–५ खिड्की जिउलानजिक कर्णाली राजमार्गमा वर्षाका कारण माथिबाट आएको पहिरोले सडक अवरुद्ध भएको हो ।
कर्णाली राजमार्गमा वर्षाका कारण जाक्सी खोलाको बहाव बढ्न गई बाटो पूर्णरुपमा अवरुद्द भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij