Logo

Jun 15 2026 | २०८३, असार १ गते

Jun 15 2026 | २०८३, असार १ गते

किरण चेम्जोङ बंगलादेशको लिग खेल्दै

किरण चेम्जोङ बंगलादेशको लिग खेल्दै

  • काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ बंगलादेशको लिग खेल्ने भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    चेम्जोङ बंगलादेशको शीर्ष डिभिजन क्लब बंगलादेश पुलिस क्लबमा अनुबन्धित भएका हुन् ।

    AGNI GROUP

    किरणले यसअघि माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब, माजिया क्लब र भारतको मिनर्भा पञ्जाबबाट खेलिसकेका छन् ।सन् २००७ देखि राष्ट्रिय टोलीको गोलकिपरको रुपमा खेल्दै आएका ३५ वर्षीय किरण पछिल्लो समय क्लबविहीन थिए ।

    यो उनको चौथो विदेशी क्लब हो । यो सम्झौतासँगै किरण नेपाली राष्ट्रिय टिमका सहकर्मी आयुष घलानसँगै लिग खेल्ने भएका छन् । २१ वर्षीय घलान पनि बंगलादेश पुलिस क्लबमा आवद्ध रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij