Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

यातायात कार्यालय इलामको लक्ष्यभन्दा बढी राजस्व संकलन

यातायात कार्यालय इलामको लक्ष्यभन्दा बढी राजस्व संकलन

  • काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालय इलामले आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन लक्ष्य पार गरेको छ । कार्यालयले निर्धारित १३ करोडको लक्ष्य पार गर्दै कुल १३ करोड ८२ लाख ३ हजार ५१७ रुपैयाँ राजस्व संकलन गरेको हो ।

    images
    images
    images

    कार्यालय प्रमुख खगेन्द्रप्रसाद मैनालीका अनुसार यो अघिल्लो वर्षको तुलनामा २२.०२ प्रतिशतले वृद्धि हो । आर्थिक वर्ष २०८०/८१ मा कार्यालयले ११ करोड ३२ लाख ६१ हजार ६७८ रुपैयाँ मात्र राजस्व संकलन गरेको थियो ।

    images

    सबैभन्दा बढी आम्दानी सवारी साधनको वार्षिक करबाट भएको छ, जसबाट ९ करोड ९६ लाख ३ हजार ४४२ रुपैयाँ संकलन भएको छ ।

    त्यस्तै, चालक अनुमतिपत्र सेवा मार्फत १ करोड ४३ लाख १७ हजार ३० रुपैयाँ, सवारी दर्ता, नामसारी र नवीकरणबाट ७२ लाख ३ हजार ५५ रुपैयाँ, आयकरबाट ३७ लाख ८५ हजार ५९० रुपैयाँ, र व्यवसाय दर्ता दस्तुरबाट १ लाख २८ हजार २०० रुपैयाँ संकलन भएको छ ।

    नेपाल–भारत सीमावर्ती क्षेत्र पशुपतिनगरमा स्थापना गरिएको पटके बाटो इजाजत राजस्व केन्द्रबाट मात्रै १ करोड ६ लाख १७ हजार ३० रुपैयाँ संकलन भएको छ । इलाम सदरमुकाम र पशुपतिनगरबाट संयुक्त रूपमा रुट पर्मिट तथा पटके इजाजतमार्फत थप १ करोड ३० लाख ७२ हजार २३० रुपैयाँ राजस्व संकलन गरिएको छ ।

    images

    कार्यालयको सेवा विस्तार, अनुगमन र प्रविधिमैत्री प्रक्रिया अपनाइएपछि राजस्व संकलनमा उल्लेख्य सुधार देखिएको कार्यालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij