Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

पौडी प्रतियोगितामा जेम्स स्कुल च्याम्पियन

पौडी प्रतियोगितामा जेम्स स्कुल च्याम्पियन

  • ललितपुर । ललितपुरको जेम्स स्कुल चौथो विद्यालयस्तरीय पौडी प्रतियोगितामा च्याम्पियन भएको छ ।

    images
    images
    images

    मनमैजुस्थित आयोजक टुसाल मल्टि भेन्युको पौडी पोखरीमा भएकोे प्रतियोगितामा ३३ अंकसाथ जेम्स टिम च्याम्पियन बन्यो । ललितपुरकै लिटिल एन्जल्स स्कुल दोस्रो भयो । लिटिल एन्जल्सले समान ३३ अंक नै जोडे पनि स्वर्ण संख्याको आधारमा जेम्स पहिलो हुन सफल भयो । जेम्सले चार र लिटिल एन्जल्सले तीन स्वर्ण जितेको थिए ।

    images

    तेस्रो स्थानमा पनि ललितपुरकै प्रिमियर इन्टरनेसनल आइबी वल्र्ड स्कुलले सफलता पायो । प्रिमियरले कुल २६ अंक बटुल्यो ।

    सहभागी ६४ विद्यालयमध्ये २७ विद्यालय पदक जित्न सफल भए । चौथो डेएभी स्कुल, पाँचौं अक्षरा स्कुल र छैटौँ ह्वाइटफिल्ड स्कुल भए । प्रतियोगितामा सहभागी सबैभन्दा कान्छी खेलाडी चार वर्षीय विधि नेपालले राइजिङ स्टारको ट्रफी हात पारिन् ।

    प्रतियोगिताका विजेता खेलाडी तथा टोलीलाई टुसाल मल्टि भेन्युका प्रवन्ध निर्देशक लक्ष्मण केसी, तारकेश्वर नगर खेलकुद विकास समितिका अध्यक्ष विक्रम खड्गी र टुसाल मल्टि भेन्युका अपरेसन प्रवन्धक विशाल खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरेका थिए । त्यसअघि एकदिने प्रतियोगिताको उद्घाटन तारकेश्वर नगरपालिकाकी उपमेयर सिर्जना बुर्लाकोटी अर्यालले गरेकी थिइन् ।

    images

    तार्केश्वर नगरपालिकाको सहयोग र नेपाल पौडी संघको प्राविधिक सहयोगमा प्रतियोगिता भएको हो । प्रतियोगितामा काठमाडौं उपत्यकाका ६४ विद्यालयबाट १ सय ७६ प्रतिस्पर्धीले प्रतिस्पर्धा गरेको टुसाल मल्टि भेन्युका प्रवन्ध निर्देशक केसीले जानकारी दिए । कुल २९ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij