Logo

Jul 31 2025 | २०८२, साउन १५ गते

Jul 31 2025 | २०८२, साउन १५ गते

चाँगुनारायण मन्दिर

चाँगुनारायणको वार्षिक आम्दानी एक करोड १९ लाख रुपैयाँ

चाँगुनारायणको वार्षिक आम्दानी एक करोड १९ लाख रुपैयाँ

  • काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन् ।

    images
    images
    images

    चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका अनुसार मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको हो । त्यसबाहेक युरोपेली देशबाट २५ हजार ४५९ पर्यटकको आएका छन्।

    images

    विदेशी पर्यटकबाट चाँगुनारायणले एक करोड १९ लाख १० हजार ४०० रुपैयाँ राजस्व सङ्कलन गरेको छ । भारत लगायत सार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ३०० रुपैयाँका दरले पर्यटन शुल्क बापत १७ लाख २६ हजार ८०० रुपैयाँ राजस्व सङ्कलन भएको हो । त्यस्तै अन्य राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति ४०० रुपैयाँका दरले एक करोड एक लाख ८३ हजार ६०० रुपैयाँ सङ्कलन भएको बस्नेतले जानकारी दिइन् ।

    चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले पर्यटन शुल्क बापत सङ्कलन भएका रकमलाई नगरपालिकाले चाँगुनारायण क्षेत्रसँगै नगर भित्रका विभिन्न ऐतिहासिक, धार्मिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको विकासका लागि खर्च गर्दै आएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij