Logo

Jul 29 2025 | २०८२, साउन १३ गते

Jul 29 2025 | २०८२, साउन १३ गते

बागमतीका खानेपानीमन्त्री खड्काले पनि दिए राजीनामा

बागमतीका खानेपानीमन्त्री खड्काले पनि दिए राजीनामा

  • काठमाडौँ । बागमती प्रदेशका खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले राजीनमा दिएका छन् ।

    images
    images
    images

    खड्काले मंगलबार मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसमक्ष राजीनामा बुझाएका हुन् । यस अघि बागमती सरकारमा रहेका चार मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री लामाले उनीहरुको राजीनामा स्वीकृत नगरी बर्खास्त गरेका थिए ।

    images

    बागमती प्रदेशमा कांग्रेसका ३७ प्रदेश सांसदमध्ये सुरुमा २१ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेर दर्ता गरेपछि मुख्यमन्त्री लामाको संकट बढेको छ । कांग्रेसले बागमतीमा देखिएको विवाद मिलाउन नेता राजेन्द्र केसीलाई तोकेको छ ।

    यसअघि सोमबार बसेको संसदीय दल र प्रदेश समितिको बैठकमा सहमति हुन नसकेपछि अब संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुने सम्भावना बढेको छ ।

    कूल ११० सदस्यीय बागमती प्रदेशसभामा नेपाली कांग्रेसका ३७ सांसद रहेका छन् । संसदीय दलका बहुमतको लागि १९ सांसदको समर्थन आवश्यक पर्छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij