Logo

Aug 20 2025 | २०८२, भदौ ४ गते

Aug 20 2025 | २०८२, भदौ ४ गते

संसदीय दलको नेतामा पुनः चयन हुनेछु : लामा

संसदीय दलको नेतामा पुनः चयन हुनेछु : लामा

  • काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेतामा आफू पुनःचयन हुने विश्वास व्यक्त गरेका छन् । 

    images
    images
    images

    सोमबार हेटौंडामा बसेको काङ्ग्रेस नेता एवम सांसदहरुबीचको छलफलमा उनले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदहरुले पुनः आफूलाई मत दिने विश्वास व्यक्त गरे ।

    images

    उनले भने, ‘भोट हाल्ने बेला त्यस्तो असहमति हुदैँन् । किनभने उहाँहरुलाई थाहा छ उहाँहरुको नेता कस्तो हुनुहुन्छ भनेर। मान्यहरुले आफ्नो विवेक प्रयोग गर्नु हुन्छ भन्ने कुरामा निश्चिन्त छु ।’ मुख्यमन्त्रीको दाबेदारका रुपमा देखिएका इन्द्र बहादुर वाँनिया पक्षका २१ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । साथै चार मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि कांग्रेसभित्र रस्साकस्सी चलिरहेको छ । 

    काङ्ग्रेस केन्द्रीय समितिले प्रतिनिधिका रुपमा पठाएका केन्द्रीय सदस्य राजन केसीले सांसदहरुलाई छलफलमा राखेर सहमति जुटाउने प्रयास गरिरहेपनि त्यो सफल हुन सकेको छैन् । 

    लामाविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्न बैठकको तयारी गरिएको गरिएपनि सफल नभएको बुझिएको छ । 

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij