Logo

Jul 28 2025 | २०८२, साउन १२ गते

Jul 28 2025 | २०८२, साउन १२ गते

एमसीसी

एमसीसी जारी रहने भएपछि अमेरिकी दुताबासले के भन्यो ?

एमसीसी जारी रहने भएपछि अमेरिकी दुताबासले के भन्यो ?

  • काठमाडौँ । नेपालमा अमेरिकी सहायता संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना जारी रहने भएको छ ।

    images
    images
    images

    एमसीसीको अनुदानमा नेपालमा सञ्चालन हुने कार्यक्रमहरूले निरन्तरता पाउने भएपछि काठमाडौँ स्थित अमेरिकी दुताबासले टिप्पणी गर्दै यस परियोजनाले नेपालमा विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्‍याउने बताएको छ ।

    images

    अमेरिकी दूतावासले भनेको छ- 'नेपालमा एमसीसी परियोजना जारी रहने छ । अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल सम्झौताको कार्यान्वयनलाई निरन्तरता दिन सिफारिस गरेको छ र हामीले नेपाल सरकारलाई यो निर्णयबारे सूचित गरेका छौं ।

    ५० करोड डलर बराबरको एमसीसी सम्झौता र त्यसमा नेपाल सरकारको थप १९.७ करोड डलरको योगदानले विद्युत् प्रसारण पूर्वाधारको निर्माण र सडक सञ्जालको सुधार गरी समृद्धि र क्षेत्रीय ऊर्जा प्रवर्द्धनमा टेवा पुर्‍याउँछ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij