Logo

Jul 28 2025 | २०८२, साउन १२ गते

Jul 28 2025 | २०८२, साउन १२ गते

राजस्व सङ्कलन

यातायात कार्यालय झापाद्वारा एक अर्व राजस्व सङ्कलन

यातायात कार्यालय झापाद्वारा एक अर्व राजस्व सङ्कलन

  • काठमाडौं । यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा रु एक अर्ब ६ करोड १७ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०/८१ को तुलनामा रु १२ करोड ९५ लाख ३३ हजार बढी राजस्व सङ्कलन गरेको हो । 

    images
    images
    images

    यातायात व्यवस्था कार्यालयका सूचना अधिकारी राजु ओलीका अनुसार आव २०८०/८१ मा रु ९३ करोड २१ लाख ६६ हजार राजस्व सङ्कलन भएको थियो । आव २०८१/८२ मा १३ हजार ९७० सवारीसाधन दर्ता हुँदा १९ हजार ७७८ जनाले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेका उहाँले बताउनुभयो । 

    images

    यसैगरी, कार्यालयले एक वर्षमा २२ हजार ६९१ सवारीसाधन नवीकरण गरेको छ । आव २०८१/८२ मा  सबैभन्दा धेरै चार हजार ९६२ मोटरसाइकल दर्ता हुँदा तीन हजार ४१० स्कुटर दर्ता भएका सूचना अधिकारी ओलीले जानकारी दिनुभयो । सो अवधिमा दुई हजार ६८८ ई–रिक्सा, ७६७ ई–स्कुटर, २४९ ट्याक्टर, २४६ जिप, २५८ कार, १६५ बस, १४६ भ्यान, ३९ टिपर, ७७ ट्रक र २३ मिनी बस दर्ता भएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij