
Jul 28 2025 | २०८२, साउन १२ गते
काठमाडौं । सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका -६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् ।
वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता छन् । सीमान्तकृत समुदायको सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका परिवारका सदस्य सम्पर्कविहीन भएका हुन् ।
वडाध्यक्ष श्रेष्ठका अनुसार हायुको घरमा सामान्य क्षति देखिएको छ भने परिवारले पालेका कुखुरा, बाख्रा र भैंसीहरू अलपत्र अवस्थामा भेटिएका छन् । उनीहरूको खोजी कार्य भइरहेको वडाध्यक्ष श्रेष्ठले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij