
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदले संवैधानिक निकायहरुमा गरेको विवादास्पद नियुक्ति सिफारिस फिर्ता पठाइदिएका छन् ।
संवैधानिक परिषदले गत पुस ४ गते संसद विघटनपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित विभिन्न निकायमा नियुक्ती गरिएको बताएको थियो ।
संवैधानिक परिषद्को बैठकमा प्रधानमन्त्री सहित ६ ५ जना अनिवार्य उपस्थित हुने प्रावधान रहेतापनि सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता नभएपनि नियुक्ती गर्न सक्ने अध्यादेश ल्याइएको थियो ।
सोही अध्यादेशका आधारमा बसेको परिषद्को बैठकले विभिन्न पदमा सिफारिस गरेको थियो । तर संसद विघटन भइसकेपछि सिफारिस सुनुवाई हुन नसक्ने भन्दै सभामुख सापकोटाले फिर्ता पठाइदिएका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij