Logo

Jun 30 2025 | २०८२, असार १६ गते

Jun 30 2025 | २०८२, असार १६ गते

गुणस्तर अनुगमन

सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

सडक बत्तीको गुणस्तर अनुगमनमा मधेश प्रदेशका ऊर्जामन्त्री

  • काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जनकपुरधाम–ढल्केवर सडकखण्डमा हाल जडान भइरहेको सडक बत्तीको कार्य र गुणस्तर चेकजांच गर्न ऊर्जा,सिचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादव आफैं अनुगमन गर्न निस्केका छन् ।

    images
    images
    images

    गुणस्तरीय कार्य सुनिश्चित गर्न तथा कुनै पनि गुनासो नआओस् भन्ने उद्देश्यका साथ मन्त्री यादवले आफैँ अनुगमनमा निस्कनु भएको हो । प्राविधिक टोलीसँग बत्तीको गुणस्तर, जडान प्रक्रिया, विद्युत आपूर्तिको अवस्थालगायतका पक्षमा जानकारी लिइ उनी अनुगमन गरिरहेका छन् ।

    images

    मन्त्री यादवले जनताको करबाट निर्माण हुने पूर्वाधारको दीर्घकालीन उपयोगिता सुनिश्चित गर्न र कामप्रति कसैको गुनासो नआओस उद्देश्य अनुगमन कार्यलाई तिव्रता दिइएको उनले बताए ।

    स्थानीय बासिन्दाले समेत मन्त्री यादवको प्रत्यक्ष अनुगमनलाई सकारात्मक रूपमा लिँदै सडक बत्तीको प्रभावकारिता र सुरक्षा अभिवृद्धिमा विश्वास व्यक्त गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij