Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

संवैधानिक इजलासमा रामनारायण बिडारीको बहस : प्रधानमन्त्रीलाई ‘पार्लियामेन्ट फोबिया’ भएको टिप्पणी

संवैधानिक इजलासमा रामनारायण बिडारीको बहस : प्रधानमन्त्रीलाई ‘पार्लियामेन्ट फोबिया’ भएको टिप्पणी

  • काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चमा परेका मुद्दामा माघ ४ गते आइतवारबाट संवैधानिक इजलासमा निरन्तर बहस भइरहेको छ ।

    images
    images
    images

    शुक्रवार (आज) को बहसमा राष्ट्रिय सभा सदस्य समेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिँडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग तर्सिएर विघटनको बाटो रोजेको टिप्पणी गरेका छन् ।

    बहसका क्रममा प्रधानमन्त्रीलाई पार्लियामेन्ट फोबिया भएको टिप्पणी गर्दै बिडारीले राज्यविरूद्धको अपराध गरेको भन्दै प्रधानमन्त्रीलाई अहिले कारबाही नगरे अरु प्रधानमन्त्रीले पनि त्यसै गर्ने बताए ।

    बिडारीले भने- “हामीले कस्तो प्रधानमन्त्री बनाइएको रहेछ, जो संसदसँग तर्सिरहन्छन्, हाम्रो प्रधानमन्त्रीलाई पार्लियामेन्ट फोबिया भएको छ। प्रतिनिधससभा विघटन त गर्नुभो गर्नुभो, राग्ष्ट्रिय सभा पनि तीन दिनमै स्थगित गर्दिनु भो।”

    प्रधानमन्त्री ओलीले संसदलाई आए आँप गए झट्टी भने झै गरेको आरोप लगाएका छन् ।

    त्यस्तै प्रधानमन्त्रीले संसद नै भंग गरेर काम गर्न दिएनन् भन्नु रुख काटेर फल खै भन्नु जस्तो हो भन्दै टिप्पणी गरे । उनले भने- “उहाँले रूख काटेर अनि फूल र फूल खै भन्नेरु संसद मार्ने अनि काम गर्न दिएन भन्ने ?”

    त्यस्तै प्रधानमन्त्री ओलीलाई अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री पार्टीले बनाएको जिकिर गर्दै उनले ती प्रक्रियाहरु संविधान अनुसार नै गरिएकाले अहिले प्रधानमन्त्रीले ‘संविधान मान्दिनँ’ भन्न नमिल्ने दाबी गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij