
Jun 22 2025 | २०८२, असार ८ गते
काठमाडौं। नेपाली बजारमा आइतवार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन आइतवार बढेर तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै आज चाँदीको मूल्य पनि समान्य बढेको छ । शुक्रवार तोलामा २ हजार १५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतवार तोलामा २ हजार १६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij