
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । लन्डनस्थित टर्की दूतावास बाहिर कुरान जलाउने ५० वर्षीय हमित चोशकुनलाई अदालतले धार्मिक घृणा फैलाएको र शान्तिमा खलल पुर्याएको आरोपमा दोषी ठहर गरेको छ ।
१३ फेब्रुअरीमा लन्डनको नाइट्सब्रिजस्थित रटल्याण्ड गार्डेनमा कुरान जलाउने क्रममा हमित चोशकुनले इस्लाम विरुद्ध अपमानजनक टिप्पणी गरेका थिए ।
सोमबार, वेस्टमिन्स्टर मजिस्ट्रेटको अदालतले उनलाई दोषी ठहर गर्यो र २४० पाउण्ड जरिवाना गर्यो। आरोप अनुसार, चोशकुनको जन्म टर्कीमा भएको थियो । उनी इङ्गल्याण्डको डर्बी शहरबाट लन्डन आएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij