
Jun 01 2025 | २०८२, जेठ १८ गते
काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरले अहिले सम्म कै सबै भन्दा ठुलो परिणामको प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ । प्रहरीले ११ क्विटल बढी गाँजा सहित शुक्रवार २ महिलालाई नियन्त्रण लिएको छ ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका– १ रानीटारका ४१ वर्षिय रत्नमाया श्रेष्ठ र ४२ वर्षिय कमला श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले रत्नमाया श्रेष्ठको घर खनतलासी गर्दा ३५ वटा बोरामा प्याक गरेको तयारी अबस्थाको १ हजार १ सय ४३.२७५ किलोग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो ।
ठुलो परिणामको गाँजा बरामद भएसँगै घर धनी रत्नमाया श्रेष्ठ र कमला श्रेष्ठलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरको सुचना अधिकृत प्रहरी नायब उपरिक्षक केदानमान दोङले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij