Jun 21 2026 | २०८३, असार ७ गते
चोरी भएको घटना बारेमा सुक्ष्मरुपमा अनुसन्धान गर्दा प्रहरीले शंका लागि सोही घर खान तलासी गर्दा चोरी भएको भनिएको सामान घरमै बरामद गरेको छ ।
ललितपुर । चोरी भएको नाटक गरी प्रहरीलाई अनावश्यक दुःख दिने महालक्ष्मी नगरपालिका वडा नं. १ का कान्छी पौडेललाई नियन्त्रण लिएको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोले चोरीको अफवाह फैलाएको आरोपमा पौडेललाई समातेको हो ।
सानु कान्छा पौडेलको घरमा २६ लाख नगद, २ तोला सुनको सिक्री १ थान, १ तोलाको सुनको सिक्री १ थानलगायत चोरी भएको मौखिक जाहेरी महानगरीय प्रहरी वृत्त सातदोबाटो आयो । घटनाको जानकारी प्राप्त हुनासाथ सातदोबाटो वृतबाट डिएसपी मित्रबन्धु शर्माको टोली मुभ भयो घटनास्थलतिर । तर चोरी भएको घटना बारेमा सुक्ष्मरुपमा अनुसन्धान गर्दा प्रहरीले शंका लागि सोही घर खान तलासी गर्दा चोरी भएको भनिएको सामान घरमै बरामद गरेको छ ।
चोरी नै नभएको उक्त चोरी भयो भनि झुठा अफवाह फैलाउने घर धनी कान्छी पौडेललाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान तथा कारबाही भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij