
Jun 02 2025 | २०८२, जेठ १९ गते
काठमाडौं । मिथिलाञ्चलमा विवाहित महिलाहरूले धार्मिक श्रद्धाका साथ वटसावित्री अर्थात बरसाइत पर्व मनाइरहेका छन् ।
विशेषगरी बरको रुख भएको स्थानमा पूजाका लागि महिलाहरूको भीड लागेको छ । यो पर्व विशेषगरी विवाहित महिलाहरूले आफ्नो पतिको दीर्घायू र सुखमय वैवाहिक जीवनको कामना गर्दै मनाउने परम्परा छ ।
पर्वको अवसरमा महिलाहरूले नयाँ साडी, ब्लाउज, साया, लुगा–फाटा, लहठी, चुरा, सिन्दूर, टिकालगायत श्रृंगारका सामग्री किन्ने गर्छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij