
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सम्माननीय प्रधान मन्त्री केपी शर्मा ओली, स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नेपाल प्रहरी अस्पताल महाराजगंजमा शुभारम्भ भएको कोभिड–१९ खोप केन्द्रको बुधबार निरीक्षण एवं अनुगमन सम्पन्न भएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बुधबार बिहान खोप लगाएर शुभारम्भ गर्नुभएको उक्त खोप केन्द्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत १ सय जनालाई खोप लगाइएको सो अस्पतालले जनाएको छ । साथै उक्त केन्द्रबाट स्वास्थ्य सेवासँग सम्बन्धित अन्य १८ वटा संघसंस्थाका ३ हजार ७ सय ३५ जनालाई क्रमबद्ध रुपमा खोप लगाउने कार्यक्रम रहेको नेपाल प्रहरी अस्पतालले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij