Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

शव बोकेको एम्बुलेन्स दुर्घटना !

शव बोकेको एम्बुलेन्स दुर्घटना !

  • काठमाडौं । रामेछापको दोरम्बाबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स खाडादेवी गाउँपालिका–३ भिरपानीमा दुर्घटना भएको छ । दुर्घटनामा दुईजना घाइते भएको इलाका प्रहरी कार्यालय चोप्राङले जानकारी दिएको छ ।

    images
    images
    images

    आत्महत्या गरेका व्यक्तिको शव लिएर एम्बुलेन्स काठमाडौं आउँदै थियो । प्र ३ –०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटना भएको इलाका प्रहरी कार्यालय चोप्राङले जनाएको छ । दुर्घटनामा परी दोरम्बा शैलुङ्ग गाउँपालिका– २ का ४१ वर्षीय नारायण नेपाली र ५३ वर्षीय दीपबाहादुर दमाई घाइते भएका छन् ।

    images

    एम्बुलेन्समा एकजना प्रहरी जवान र चालकसहित ४ जना सवार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक पनि सामान्य घाइते भएका छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij