
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौँ । बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मी रिहा भएकी छन् । काठमाडौँ जिल्ला अदालतले उनलाई २ लाख ७७ हजार धरौटीमा आइतबार रिहा गरेको हो ।
गायक प्रमोद खरेललगायत केही कलाकारहरुले परिसरमा प्रतिलिपि अधिकार उल्लंघनमा अध्यक्ष रेग्मीविरुद्ध जाहेरी दिएपछि प्रहरीले सोही जाहेरीको आधारमा जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर पक्राउ गरेको थियो ।
प्रतिलिपि अधिकार (कपि राइट) उल्लंघन गरेको आरोपमा उनी गत पुस २७ गते पक्राउ परेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij