Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

हिउँदे वर्षा र हिमपात नहुँदा किसान चिन्तित

हिउँदे वर्षा र हिमपात नहुँदा किसान चिन्तित

  • जुम्ला । जुम्लामा हिउँदे वर्षा र हिमपात नहुदाँ यहाँका किसान चिन्तित भएका छन् । यस वर्ष हिउँद याममा हिमपात र पानी नपर्दा हिउँदे बालीनाली उत्पादनमा असर पुग्ने तिला गाउँपालिका– २ का किसान रतनबहादुर रोकायाले बताए । 

    images
    images
    images

    उनले भने, “गत वर्षको मङ्सिर, पुस र माघमा गरी पाँच पटक हिमपात र वर्षा भएको थियो । हिउँदे बालीदेखि नयाँ स्याउ बिरुवालाई फाइदा गरेको थियो ।” यो वर्ष माघको मध्यमा पनि हिपतात र वर्षा नहुँदा स्याउका बिरुवादेखि हिउँदेखेतीलाई असर परेको किसान रोकायाले बताए । ”

    हिउँदेयाममा पानी नपरेकाले गहुँ, तोरी, फापरलागयतका बालीमा सुख्खा लागेकाले ४० देखि ६० प्रतिशत उत्पादन घट्ने सम्भावना रहेको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले बताए । “माघ महिनाभित्र पानी परे केही राहत मिल्छ । धेरै नोक्सानी हुँदैन”, उनले भने । हिउँदे बालीलाई कात्तिक र मङ्सिरमा पानी पर्दा उत्पादन वृद्धि हुने कार्यालय प्रमुख देवकोटाले बताए  ।

    यो वर्षको जाडोमा पश्चिम र पूर्वका केही क्षेत्रमा छिटफुट पानी परे पनि विगतमा जस्तो हिउँदे वर्षा भएको छैन ।  बाली लगाउन समस्या हुने तथा आकाशे पानीको भर पर्ने किसानका गहुँलगायत बालीमा प्रभाव पर्ने कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । हिमाली जिल्लामा यसवर्ष धैरे वर्षा र हिमपात परेको छैन । पश्चिमका केही स्थानमा हल्का पानी परेको भए पनि अन्य ठाउँमा तीन महिनादेखि पानी नपरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । रासस 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij