
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । बंगलादेशकी चर्चित अभिनेत्री नुसरत फारिया पक्राउ परेकी छन् ।
थाइल्यान्ड जाँदै गर्दा प्रहरीले ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट फारियालाई पक्राउ गरेको हो । फरियामाथि गत २०२४ को विद्यार्थी आन्दोलनमा हिंसा भड्काएको र हत्याको प्रयासमा संलग्न भएको आरोप छ ।
बंगलादेशका सञ्चारमाध्यमका अनुसार वाटारा प्रहरी चौकीमा दर्ता भएको मुद्दामा फारियाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
उनी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगसँग सम्बन्धित गतिविधिमा संलग्न रहेको आरोप छ । जसलाई अहिले बंगलादेश सरकारले प्रतिबन्ध लगाएको छ ।
नुसरत फारिया बंगलादेशकी चर्चित अभिनेत्रीमध्ये एक हुन् । उनले रेडियो जकीको रूपमा आफ्नो करिअर सुरु गरेकी थिइन् र सन २०१५ मा बंगलादेश–भारत संयुक्त फिल्म ‘आशिकीः ट्रु लभ’ बाट अभिनयको संसारमा प्रवेश गरेकी थिइन् । उनको सबैभन्दा चर्चित भूमिका २०२३ को बायोपिक ‘मुजिबः द मेकिंग अफ नेशन’ मा थियो, जसमा उनले शेख हसिनाको भूमिका निभाएकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij