
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति जारी गर्ने ४ जना पूर्व प्रधानन्यायाधीश विरुद्ध अवहेलना मुद्दा दर्ता भएको छ ।
गत पुस २४ गते पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै आकर्षित नहुने धारा प्रयोग गरेर संसद भंग गरिएको बताएका थिए।
बुधवार अधिवक्ता धनजीत बस्नेतले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गरी स्वतन्त्र र निष्पक्ष न्याय सम्पादनमा हस्तक्षेप गरेको भन्दै सर्वोच्चमा मुद्दा दर्ता गरेका हुन् ।
त्यस्तै उक्त मुद्दाको पेशी यही माघ १५ गते बिहीवार (भोलि) का लागि तोकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij