Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

हेलिकप्टर दुर्घटना

हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते: श्रीलङका

हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु, ६ घाइते: श्रीलङका

देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटना ग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन्।

  • काठमाडौं । श्रीलङ्काली वायु सेनाको हेलिकप्टर शुक्रबार  देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटना ग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताएका छन्।  

    images
    images
    images

    वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकप्टरमा दुई पाइलट सहित १२ जना सवार रहेको र तीमध्ये छ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएका हुन्।

    अन्य छ जना घाइतेहरुको भने अझै अस्पतालमा उपचार भइरहेको गीगानागेले बताए। यसअघि, गीगानागेले जहाजमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताएका थिए।  

    श्रीलङ्काली वायु सेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजित प्रदर्शनको क्रममा घटना भएको जनाइएको छ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij