Logo

May 07 2025 | २०८२, वैशाख २४ गते

May 07 2025 | २०८२, वैशाख २४ गते

हवाई क्षेत्र बन्द

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द

यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा रखेर अस्थायी रुपमा उडान बन्द गरेको जानकारी दिएको छ ।

  • काठमाडौँ । पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ ।

    images
    images
    images

    बुधबार कतार एयरवेजले जानकारी दिदै परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा रखेर अस्थायी रुपमा उडान बन्द गरेको जानकारी दिएको छ ।

    एयरलाइन्सले यात्रुहरूलाई प्रभावित उडानहरूको पछिल्लो जानकारीको लागि कतार एयरवेजको आधिकारिक वेबसाइट हेर्नको निमित्त सल्लाह समेत दिएको छ ।

    पाकिस्तानी अधिकारीहरूले लाहोर र कराँचीका प्रमुख शहरहरूलाई समेट्ने हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् भने एयर फ्रान्स एयरलाइन्सले अर्को सूचना नआएसम्मका लागि पाकिस्तानमाथि उडानहरू स्थगित गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij