Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

उदयपुरमा जिप दुर्घटना हुँदा कानुन अधिकृतको मृत्यु

उदयपुरमा जिप दुर्घटना हुँदा कानुन अधिकृतको मृत्यु

  • काठमाडौं । मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा जिप दुर्घटना हुँदा एकजना कानुन अधिकृतको मृत्यु भएको छ ।

    images
    images
    images

    मृत्यु हुनेमा झापाको दमक नगरपालिकामा कार्यरत न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत छन् । उनको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरको सञ्चार शाखाले जनाएको छ ।

    चितवनबाट झापातर्फ गइरहेको मे १ च ३०४० नम्बरको स्कार्पियो जिप विहीबार साँझ दुर्घटना भएको थियो ।

    सो दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ  ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij