Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

घाँसको निहुँमा विवाद हुँदा महिलामाथि खुकुरी प्रहार

घाँसको निहुँमा विवाद हुँदा महिलामाथि खुकुरी प्रहार

  • सोलुखुम्बु । ५५ वर्षीया महिलालाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माप्यदुधकोशी गाउँपालिका(६ वाप्सा बस्ने ७३ वर्षीय सिंह बहादुर रेग्मी मगर रहेका छन् ।

    images
    images
    images

    घाँसको बिषयमा विवाद हुँदा मगरले ती महिलालाई खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी वाकुमाबाट खटिएको प्रहरीले उनलाई सोमवार दिउँसो पक्राउ गरेको हो ।

    घाइते महिलालाई उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी वाकु पठाइएको छ ।

    यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij