Logo

Apr 27 2025 | २०८२, वैशाख १४ गते

Apr 27 2025 | २०८२, वैशाख १४ गते

शोक बिदा

काठमाडौं महानगरपालिकामा आज शोक बिदा

काठमाडौं महानगरपालिकामा आज शोक बिदा

नेपाली कांग्रेसका नेता डंगोलको गत शुक्रवार निधन

  • काठमाडौं । तत्कालीन काठमाण्डौ नगर पञ्चायतका उपप्रधानपञ्च तीर्थराम डंगोलको निधनमा आज काठमाण्डौ महानगरपालिकाले शोक बिदा दिएको छ ।

    images
    images
    images

    महानगरको प्रशासन विभागले सूचना निकालेर आज शोक बिदा दिएको जानकारी दिएको हो ।

    पुर्व स्वास्थ्य राज्य मन्त्री तथा नेपाली कांग्रेसका नेता डंगोलको गत शुक्रवार निधन भएको थियो ।

    २००४ साल माघ २९ गते जन्मिएका डंगोल लामो समयदेखि क्यान्सरबाट पीडित थिए । पञ्चायतकालमा २०४३ सालमा भएको चुनावमा उनले प्रजातन्त्रवादीका तर्फबाट उम्मेदवारी दिएर काठमाडौं नगरपालिकाका लागि उपप्रधानपञ्च विजय भएका थिए ।

    उपप्रधानपञ्चका रुपमा उनले शहर निर्माण, शहरी व्यवस्थापन र प्रवर्द्धन तथा सामाजिक सेवामार्फत रुपान्तरणमा पुर्‍याउनुभएको योगदानको सम्मान गर्दै महानगरपालिकाले शोक बिदा दिएको जनाएको हो ।

    जसअनुनसार आज अत्यावश्यक सेवाबाहेक महानगरपालिका र मातहतका कार्यालयहरुमा शोक बिदा रहेको छ । स्वर्गीय डंगोलको हिजो टेकुमा अत्येष्टि भइसकेको छ ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij