
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस महाधिवेशन समयमै हुने बताएका छन् । चितवन विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो दाबी गरेका हुन् ।
नेपाली कांग्रेसको महाधिवेशन समयमा हुनबाट रोक्न लागिएको भन्दै अहिले केही नेता र कार्यकर्ताहरुले विरोध जनाउँदै आएका छन् । सोही प्रसंगमा सञ्चारकर्मीहरुको जिज्ञासमा सभापति देउवाले समयमै कांग्रेस महाधिवेशन हुने बताएका छन् । सभापति देउवाले बजेटमा टेक एण्ड पेको सामान्य कुरा हटिसकेपछि बजेट पास भएको र यसलाई ठूलो रुपमा हेर्न नहुने बताएका छन् ।
सभापति देउवाले भने, ‘एउटा सानो कुरा थियो । टेक एण्ड पे भन्ने हट्यो, बजेट पास भइसक्यो । सानो कुरा हो । ठूलो कुरै होइन । कांग्रेस महाधिवेशन समयमै हुन्छ । कहाँबाट हुनु झुटो कुराहरु हो ।’
सभापति देउवाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको कुरा झुटो रहेको बताएका छन् । सभापति देउवा, कांग्रेस नेता शशांक कोइराला, विमलेन्द्र निधि, कोषाध्यक्ष उमेश श्रेष्ठ लगायत नेताहरू आज नेपाली कांग्रेसकी नेतृ तथा प्रजातन्त्र सेनानी गौरीदेवी प्रधानको श्रद्धाञ्जली सभामा सहभागी हुन चितवन आएका हुन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij