
Jun 27 2025 | २०८२, असार १३ गते
काठमाडौं । सुनको मूल्यमा भारी गिरावट भएको छ। आज तोलामा २९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २९ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको छ ।
यसअघि, बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ३०० रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर २१ सय ६५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार चाँदीको भाउ प्रतितोला २१ सय ७५ रुपैयाँ रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij