Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

भारत-पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान

भारत-पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान

  • काठमाडौं । भारत र पाकिस्तानको सीमा क्षेत्रमा गोली हानाहान भएको छ । बिहीबार राति दुई पक्षबीच गोली हानाहान भएको भारतीय टेलिभिजन संस्था एनडिभीले जनाएको छ ।

    images
    images
    images

    ‘लाइन अफ कन्ट्रोल क्षेत्रमा केही फायरिङ भएको थियो । फायरिङको प्रभावकारी रूपमा फायरिङ गरिएको छ,’ सैनिक स्रोतले एनडिटिभीसँग भनेको समाचारमा उल्लेख छ ।

    भारतको जम्मू-कास्मिरस्थित पहलगाम क्षेत्रमा आतंकवादी समूहले २६ जनाको हत्या गरेपछि दुई देशबीचको सम्बन्ध थप चिसिएको हो । गत मंगलबार पहलगामको पर्यटकीय क्षेत्रमा हमला हुँदा बुटवलका सुदीप न्यौपानेको मृत्यु भएको हो ।

    पाकिस्तान नियन्त्रित कास्मिरका अधिकारी सइद अश्फाक जिलानीले पनि राति फारियङ भएको एएफपीसँग बताएका थिए ।

    तीन जना भारतीय सैनिकले रोयटर्सलाई दिएको जानकारी अनुसार सुरूमा पाकिस्तानी सेनाले सुरूमा भारतीय क्षेत्रमा गोली प्रहार गरेका थिए । 

    पहलगाम हमलापछि भारतीय सेनाले ‘सर्च एन्ड डिस्ट्रोइ’ अपरेशन सञ्चालन गरेको छ । सर्भिलेन्स ड्रोन र सैनिकहरू कास्मिर क्षेत्रमा परिचालन गरेको छ ।

    अहिले तीन जना आतंकवादीको खोजीका लागि सेना परिचालन भएको हो । शुक्रबार मात्रै भारतीय अधिकारीले कास्मिर क्षेत्रमा बस्दै आएका आरोपीका दुई वटा घर भत्काएको छ । 

    दुई देशबीचको सम्बन्ध बिग्रिएपछि संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई संयमता अपनाउन अनुरोध गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij